सिरहा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई समेटेर देश सम्हाल्ने जिम्मेवारी कांग्रेसले पूरा गर्ने बताएका छन्। आज (मंगलबार) सिरहाको लहानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा मुलुकलाई सही दिशा दिन कांग्रेसजस्तो जिम्मेवार शक्तिको आवश्यकता रहेको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले कांग्रेस केवल राजनीतिक दल मात्र नभइ संकटको सारथी भएको दाबी गरे। ‘हामी नयाँ सोच र संकल्पका साथ आएका छौँ,’ सभापति थापाले भने, ‘कुनै उत्तेजना, झगडा वा घृणा नफैलाई सबैलाई मिलाएर लैजाने र देश सुधार्ने सामर्थ्य कांग्रेससँग मात्र छ।’ त्यसकारण आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्नसमेत उनले आह्वान गरे।
प्रकाशित: २७ माघ २०८२ १९:४७ | Tuesday, February 10, 2026
प्रतिक्रिया



