तामाकोशी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

हिमाल प्रेस २७ माघ २०८२ १५:१६ | Tuesday, February 10, 2026
18
SHARES
तामाकोशी बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो दुर्घटनाग्रस्त बसमा सवार यात्रुको उद्दारका लागि जाँदै सशस्त्रको गोताखर टिम। तस्बिर : सशस्त्र प्रहरी बल

काठमाडौँ- काठमाडौँबाट ओखलढुंगाको पोकलीतर्फ गुडेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

नेपाल प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार पछिल्लो अपडेटअनुसार ११ जनाको मृत्यु र ७ जना घाइते छन्।

प्रहरीका अनुसार खुर्कोट-मन्थली सडक खण्डको सेलेघाट नजिक बेनी मन्दिरछेउबाट प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान पौने ११ बजे तामाकोशी नदीमा खसेको हो।

बस काठमाडौँबाट मन्थली, धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको थियो।

प्रकाशित: २७ माघ २०८२ १५:१६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast