टिकटक भिडियो बनाएर ५० हजार जित्न निर्वाचन आयोगको अनुरोध

हिमाल प्रेस २७ माघ २०८२ ९:०३ | Tuesday, February 10, 2026
4
SHARES
टिकटक भिडियो बनाएर ५० हजार जित्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभाको आसन्न निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो बनाउन नागरिकलाई आह्वान गरेको छ। निर्वाचन प्रचारप्रसार एवं मतदाता शिक्षाका लागि आयोगले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो।

सोमबार प्रकाशित आयोगको सूचनाअनुसार प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ । भ्यूजका आधारमा आयोगले पुरस्कार प्रदान गर्नेछ।

यसका लागि एक मिनेटसम्मको भिडियो बनाएर टिकटकका साथै युट्यूब र फेसबुकमा राख्नु पर्नेछ। भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषय समावेश गर्नुपर्नेछ। त्यही लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेलमा पठाउन भनिएको छ।

प्रकाशित: २७ माघ २०८२ ९:०३ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast