टेकु अस्पतालको विकेन्द्रीकरण हाम्रो एजेन्डा : स्वास्थ्य राज्यमन्त्री कार्की

हिमाल प्रेस १० माघ २०७९ १३:३८ | Tuesday, January 24, 2023
टेकु अस्पतालको विकेन्द्रीकरण हाम्रो एजेन्डा : स्वास्थ्य राज्यमन्त्री कार्की

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन्।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताएकी हुन्।

उनले भनिन्, ‘मुसाले टोक्यो भने टेकु अस्पताल, कुकुरले टोक्यो भने टेकु अस्पताल, महामारी प्रकोप फैलिए टेकु अस्पताल आउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ। अब गाउँगाउँमा, पालिकापालिकामा, नगरपालिका, जिल्ला, प्रदेशस्तरमा टेकु अस्पतालजस्ता सरुवा रोग सम्बन्धीका अस्पतालहरु हुन जरुरी छ।’

शुक्रराज अस्पतालले दिइरहेका सेवा विकेन्द्रीकरण गर्न आफूहरू तत्पर रहेको उनको भनाइ छ। उनले भनिन्, ‘हामी टेकु अस्पतालबाट दिने सेवाको विकेन्द्रीकरण गर्नुपर्ने एजेन्डा बोकेर अघि आएका छौँ।’

राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरूले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको पनि बताइन्।

प्रकाशित: १० माघ २०७९ १३:३८ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast