सरकारी सवारीसाधन चुनावमा दुरुपयोग भएको गुनासो पछि नियमनमा कडाइ

हिमाल प्रेस २६ माघ २०८२ ९:०० | Monday, February 9, 2026
4
SHARES
सरकारी सवारीसाधन चुनावमा दुरुपयोग भएको गुनासो पछि नियमनमा कडाइ

कञ्चनपुर- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा जिल्लामा निर्वाचन आचारसंहिता विपरीत सरकारी सवारीसाधन दुरुपयोगको गुनासो आएपछि सम्बन्धित निकायले कडाइ गरेको छ। निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको अवस्थामा सरकारी सवारीसाधन राजनीतिक गतिविधिमा प्रयोग गरिएको गुनासो प्राप्त भएपछि अनुगमनलाई तीव्र बनाइएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले जानकारी दिए।

जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गर्ने चारपांग्रे तथा दुईपांग्रे सरकारी सवारीसाधन कार्यालयको नियमित कामकाज बाहेक राजनीतिक कार्यक्रम, जुलुस, सभा, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधिमा प्रयोग नगर्न उनले आग्रह गरेका छन्।

‘सरकारी सवारी साधनको प्रयोग पूर्ण रूपमा आचारसंहिता अनुरूप हुनुपर्छ,’ उनले भने ‘आचारसंहिताको पालना नगरेमा नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने छ।’ आचारसंहिता उल्लंघनका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको उनको भनाइ रहेको छ।

प्रकाशित: २६ माघ २०८२ ९:०० | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast