एकता बुक्सले भ्यालेन्टाइन उत्सव मनाउने

हिमाल प्रेस २५ माघ २०८२ १९:४१ | Sunday, February 8, 2026
एकता बुक्सले भ्यालेन्टाइन उत्सव मनाउने

काठमाडौँ- थापाथलीस्थित एकता बुक्सले भ्यालेन्टाइन सप्ताहको अवसरमा फेब्रुअरी ८ आइतबारदेखि ६ दिनसम्म भ्यालेन्टाइन उत्सव मनाउने भएको छ। एकता बुक्सका अनुसार शुक्रबारसम्म चल्ने साताव्यापी कार्यक्रममा पुस्तक प्रेमीहरूलाई लक्षित गर्दै विभिन्न उपहार कार्यक्रम पनि सञ्चालन गरिने छ।

कार्यक्रममा पुस्तकको थिममा आधारित स्काभेन्जर हन्ट, साहित्यिक संवाद, चलचित्र प्रदर्शन तथा लाइभ डुडल बुथ समावेश गरिएका छन्।

कार्यक्रम हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। स्काभेन्जर हन्ट अन्तर्गत सहभागीहरूले पुस्तक सम्बन्धी विभिन्न रमाइला प्रतियोगितामा भाग लिन सक्नेछन्।

प्रतियोगितामा आफ्ना जोडी, साथी वा एक्लै पनि भाग लिन सकिनेछ, जुन सबैका लागि खुला रहनेछ। ती प्रतियोगितामा सहभागी भएपश्चात आकर्षक पुरस्कार र विशेष छुट पाइनेछ।

कार्यक्रमको पहिलो दिन आइतबार ख्यातिप्राप्त लेखक अमर न्यौपानेसँग संवाद कार्यक्रम भएको थियो। सो कार्यक्रममा साहित्यको विविध आयाममाथि अन्तरक्रिया भएको थियो। लेखक न्यौपानेसँगको संवादलाई केन सुवेदीले सहजीकरण गरेका थिए।

त्यसै गरी सोमबार ‘भावनाका कुराहरू’ शीर्षकमा भावनात्मक अभिव्यक्ति, आत्मचिन्तन र अर्थपूर्ण संवादमा सञ्चालन हुनेछ। बुधबार एकता बुक्समा रहेको ‘एक्ताफे ब्रीउम्यानर’ मा चलचित्र प्रदर्शन आयोजना गरिनेछ। ३ बजे र ६ बजेको शोमा दर्शकहरूले आनन्ददायक चलचित्रको मजा लिन सक्नेछन्।

शुक्रबार डुडल बुथबाट कलाकार अलिना र कालामीले प्रत्यक्ष स्केच बनाउनेछन्। बुथ बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २५ माघ २०८२ १९:४१ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast