फिल्म ‘श्री बुकुरो’ काे गीत ‘ए साइला दाइ’ सार्वजनिक

हिमाल प्रेस २५ माघ २०८२ १५:०९ | Sunday, February 8, 2026
12
SHARES
फिल्म ‘श्री बुकुरो’ काे गीत ‘ए साइला दाइ’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को गीत सार्वजनिक भएको छ। निर्माण टिमले ‘ए साइला दाइ’ बोलको गीत सार्वजनिक गरेको हो।

गीत सविन सुवेदी र युक्ति बिमलीले गाएका छन्। वसन्त सापकोटाले लेखेको गीत उनले नै संगीत भरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य देख्न सकिन्छ।

फिल्म आगामी फागुन १ देखि प्रदर्शन हुनेछ। फिल्म सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको हो।

पारिवारिक कथावस्तुमा आधारित फिल्ममा आशीर्वाद र निकिताका अलवा लक्ष्मी गिरी, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको फिल्म सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, चन्दन दत्त र परिच्छेद सेनको सम्पादनमा बनेको छ।

यस्ताे छ गीत

प्रकाशित: २५ माघ २०८२ १५:०९ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast