फाइल तस्बिर।
कञ्चनपुर- कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा साउदकी छ वर्षीया छोरी रोजिना साउदको मृत्यु भएको छ ।
गए राति जंगली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा साउदकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएकी हुन्।
घाइतेलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । प्रवक्ता शाहीका अनुसार घाइते छ वर्षीया रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको हो । रासस
प्रकाशित: २५ माघ २०८२ १०:२४ | Sunday, February 8, 2026
प्रतिक्रिया



