काठमाडौँ- संखुवावासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार सिलिचोङ–२ को भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा सिलिचोङ– २ बेतेनी घर भई भोजपुरको साल्पा सिलिछो–१ काम्लेटारका ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार दिउँसो सिलिचोङ–२ बेतेनीबाट बालातर्फ जाँदै गरेको बाप–०२–०४६प २४६७ नम्बरको साल्पा सिलिछो–१ काम्लेटारका २२ वर्षीय आकाश राईले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हो।
मोटसाइकल दुर्घटना हुँदा मोटरसाइकलका पछाडि सवार राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए।
प्रकाशित: २५ माघ २०८२ ६:५२ | Sunday, February 8, 2026
प्रतिक्रिया



