हृदयघातबाट सीमा सुरक्षामा कटिएका सशस्त्रका एसपीको निधन

हिमाल प्रेस २४ माघ २०८२ ७:०५ | Saturday, February 7, 2026
16
SHARES
हृदयघातबाट सीमा सुरक्षामा कटिएका सशस्त्रका एसपीको निधन

काठमाडौँ- सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको हृदयघातबाट निधन भएको छ। शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठकको चलिरहँदा हृदयघात भएर एसपी घिमिरेको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी सुनसरीका डीआईजी कुमार न्यौपानेले जानकारी दिए।

‘हृदयघात भएको हो। उहाँलाई दिउँसो पनि एक पटक अट्याक भयो। पछि ठिक भयो भनेर फर्किनुभएको थियो। साँझ फेरि अट्याक भएपछि अस्पताल लगिएको थियो,’ उनले भने।

बेलुकी विराट मेडिकल अस्पतालमा सिपिआर दिइएको र थप उपचारका क्रममा उनको निधन भएको न्यौपानेले बताए। एसपी घिमिरे चितवनस्थित ३ नम्बर गण गढीमाईको प्रतिनिधिको रूपमा कार्यक्रममा उपस्थित हुन पुगेका थिए।

प्रकाशित: २४ माघ २०८२ ७:०५ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast