काठमाडौँबाट बुटवल र दाङका लागि छुटेका बस नागढुंगामा ठोक्किए

हिमाल प्रेस २४ माघ २०८२ ६:५० | Saturday, February 7, 2026
6
SHARES
काठमाडौँबाट बुटवल र दाङका लागि छुटेका बस नागढुंगामा ठोक्किए

काठमाडौँ- काठमाडौँबाट बुटवल र दाङका लागि छुटेका दुई वटा बस एकापसमा ठोक्किएका छन् । शुक्रबार नागढुंगा नजिक बुटवल जान लागेको लु प ०१–००१ ख ०३२ नम्बरको बस र दाङ जान लागेको लु २ ख ६४६१ नम्बरको बस एकापसमा ठोक्किएका नागढुंगाका प्रहरी निरीक्षक अजयजंग थापाले  जानकारी दिए ।

उनका अनुसार दाङ जाने बसको ब्रेक नलागेपछि अर्को बससँग ठोक्किन पुगेको हो । मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित: २४ माघ २०८२ ६:५० | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast