वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस २३ माघ २०८२ १७:५७ | Friday, February 6, 2026
16
SHARES
वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ– वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बोलाअगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ।

झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो।

पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको जानकारी दिए।

बरईलाई कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर–२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।

प्रकाशित: २३ माघ २०८२ १७:५७ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast