काठमाडौँ- फिल्म ‘शिवांशः च्याप्टर १’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा शिवको भक्त भन्दै मानिसले केकस्ता आपराधिक क्रियाकलाप गरिरहेका हुन्छन् भन्ने देखाउन खोजिएको छ।
पौराणिक ‘समुद्र मन्थन’ को प्रसंग र त्यस क्रममा उत्पत्ति भएको विषको कथालाई उठान गरिएको छ।
फिल्ममा अभिनेता प्रविण खतिवडा छन्। उनी साधुको भेषमा छन्। उनको शरीरभर खरानी र हातमा त्रिशूल छ।
फिल्मको मूल कथा एक रहस्यमयी दिव्य शिला (ढुंगा) र त्यसले कलयुगमा निम्त्याउन सक्ने शक्ति वा विनाशको वरिपरि घुमेको निर्माण टिमले जनाएको छ।
अञ्जन सिनेमा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा अन्य कलाकार तेज गिरी, विकास जोशी, रुशा न्यौपाने, विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बालगायतले अभिनय गरेका छन्।
सन्तोष कुमार आत्रेयले निर्देशन गरेको फिल्म यही फागुन १ गते प्रदर्शन हुनेछ। चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्। स्क्रिनप्ले बारत लिम्बूको छ।



