पोखरा- गण्डकी बोर्डिङ स्कुलकी आरोही शर्मा ‘रियलमि स्टुडेन्ट अफ द एयर’ प्रतियोगिताको उत्कृष्ट पाँचमा पर्न सफल भएकी छन्। जसको ग्राण्ड फिनाले यही माघ २७ गते हुँदैछ।
प्रतिभा, परिश्रम र आत्मविश्वासको उज्यालो संगम बनेर ‘स्टुडेन्ट अफ द एयर’ जस्तो प्रतिष्ठित राष्ट्रिय प्रतियोगितामा देशभरका होनहार विद्यार्थीमध्ये उत्कृष्ट पाँचमा पर्न सफल आरोही गण्डकी बोर्डिङ कक्षा ८ कि छात्रा हुन्।
आरोही शर्माले भनिन्,‘यो उपलब्धि मेरो निरन्तर प्रयास, परिवार, शिक्षक तथा शुभेच्छुकहरूको सहयोगको परिणाम हो। म यसलाई अन्तिम गन्तव्य होइन अझ अगाडि बढ्ने प्रेरणाका रूपमा लिन्छु।’
उनलाई भोट दिन खल्ती एपमा जानुपर्छ। खल्ती एपको इन्टरटेनमेन्ट एण्ड लाइफ स्टाइलभित्र रहेको भोटिङमा क्लिक गरी स्टुडेन्ट अफ द एयरको कन्टेस्टेन्ट नम्बर १३ (आरोही शर्मा) मा भोट दिन सकिनेछ।



