९ निर्माण कम्पनी कालोसूचीमा

हिमाल प्रेस २२ माघ २०८२ ८:११ | Thursday, February 5, 2026
24
SHARES
९ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको हो।

कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि, श्रीओम अटो ल्युब प्रालि, आर्कटिक कन्स्ट्रक्सन प्रालि, ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रालि, अग्रिम-लङभिजन-धनलक्ष्मी जेभीलगायत रहेका छन्।

कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: २२ माघ २०८२ ८:११ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast