नयाँ कांग्रेस सत्ता लागि जोसँग पनि मिल्दैन : सभापति थापा

हिमाल प्रेस २१ माघ २०८२ १७:५७ | Wednesday, February 4, 2026
16
SHARES
नयाँ कांग्रेस सत्ता लागि जोसँग पनि मिल्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि कहिल्यै पार्टीको स्वार्थ नराख्ने बताएका छन्। उनले सत्ता र सरकारका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिबाट कांग्रेस टाढा रहने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले सिद्धान्तसँग सम्झौता नगर्ने कांग्रेसको अडान दोहोर्‍याए। ‘सत्ता र सरकारमा पुग्नका लागि जे पनि गर्ने, जोसँग पनि मिल्ने कांग्रेस होइन। आवश्यक परे सरकार बाहिर बस्छ,’ उनले भने।

थापाले अहिलेको कांग्रेस पुरानो नभई नयाँ भएको दाबी गर्दै यो परिवर्तन अनुहारमा नभई सोच र शैलीमा आएको बताए। ‘अनुहार बदलिएको होइन, सोच बदलिएको छ, शैली बदलिएको छ,’ उनले भने। उनले हिजोका सबै नेता खराब र अहिलेका सबै असल भन्ने अर्थमा नयाँ कांग्रेस नबुझ्न आग्रहसमेत गरे। नयाँ कांग्रेसको अर्थ पुरानोसँग सम्बन्ध विच्छेद गर्नु नभएको थापाले बताए।

लोकतन्त्र, सामाजिक न्याय र विविधताको सम्मान कांग्रेसको आत्मा र जरा भएको उल्लेख गर्दै उनले यही मूल्यमान्यतालाई तलसम्म विस्तार गर्ने लक्ष्य नयाँ कांग्रेसको रहेको सभापति थापाले बताए।

थापा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही-४ बाट उम्मेदवार बनेका छन्।

प्रकाशित: २१ माघ २०८२ १७:५७ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast