कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

हिमाल प्रेस १० माघ २०७९ ७:५४
4
SHARES
कर्णाली प्रदेश अस्पताल : पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दै

सुर्खेत- सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ। तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आज असुरक्षित र दुर्गमजस्तै बनाइएको छ।

त्यही गोठीकाँडा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा आजको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रूपमा स्थापनाको थियो। पछि उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झर्‍यो । विसं २०२९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो। त्यसको ठिक २० वर्षपछि २०४९ सालमा २५ शय्याको अस्पताल बनेर सेवा विस्तार गर्‍यो।

त्यस्तै विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रुपान्तरण भयो। मुलुक संघीय संरचनामा गइसकेपछि भने विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालको संरचना बन्यो। प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य संरचना भइसकेपछि प्रदेश सरकारको मुख्य र संघीय सरकारको केही आर्थिक सहयोगमा विशेषज्ञ सेवासहितको दुई सय ९७ शय्यामामा आफ्नो सेवा विस्तार गरेको छ।

अहिले यसले आफ्ना विभिन्न सेवा विस्तार गरेको छ। हाल प्रदेश अस्पतालले मेडिसिन, गाइनो, जनरल सर्जरी, न्यूरो सर्जरी, अर्थोपेडिक्स, पेडियाट्रिक्स, डर्माटोलोजी, साइकेयाट्रिक, इएनटी, अप्थालमोलोजी, प्याथोलोजी, डेन्टल, रेडियोलोजी, एनेस्थेसिया र इमर्जेन्सी विभागबाट सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा डम्बर खड्काले जानकारी दिए।

उनले भने, ‘प्रदेश अस्पतालको सेवाको आकर्षण र स्वास्थ्य बीमाको सुविधा र त्यसको लाभले होला पछिल्लो समयमा बिरामीको चाप बढ्दै गएको छ । गत आव २०७८÷७९ मा ओपिडी सेवा लिनेको सङ्ख्या ४९ हजार चार सय ३० रहेकामा चालु आव २०७९/८० को छ महिनामा ८४ हजार दुई सय ८८ पुगेको छ।’

त्यस्तै गत आवभरि अन्तरंग १० हजार चार सय ४६, इमर्जेन्सी सात हजार दुई सय २६, सिटीस्क्यान एक हजार एक सय सात, एक्सरे १८ हजार सात सय ९८, युएसजी १२ हजार सात सय ३१, जटिल शल्यक्रिया एक हजार नौ सय दुई र डेलिभरी सेवा दुई हजार छ सय ४८ जनाले सेवा लिएका थिए।

चालु आवको छ महिनामा ११ हजार आठ सय ९१ अन्तरंग, १० हजार सात सय ८६ इमर्जेन्सी, एक हजार नौ सय ८८ सिटीस्क्यान, २६ हजार छ सय ३४ एक्सरे, २० हजार पाँच सय ६२ युएसजी, एक हजार नौ सय ४८ जटिल शल्यक्रिया र दुई हजार सात सय ७४ जनाले डेलिभरी सेवा लिएको प्रदेश अस्पतालले बताएको छ।

प्रकाशित: १० माघ २०७९ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast