स्व. पत्रकार सिटौलाको सम्झनामा ‘श्री बुकुरो’ टिमले सार्वजनिक गर्‍याे फिल्मको पहिलो झलक [भिडियाेसहित]

हिमाल प्रेस २१ माघ २०८२ १७:३५ | Wednesday, February 4, 2026
24
SHARES
स्व. पत्रकार सिटौलाको सम्झनामा ‘श्री बुकुरो’ टिमले सार्वजनिक गर्‍याे फिल्मको पहिलो झलक [भिडियाेसहित]

काठमाडौँ-  स्व. चलचित्र पत्रकार दिनेश सिटौलाको सम्झनामा ‘श्री बुकुरोः द होम कलिङ’ टिमले फिल्मको पहिलो झलक सार्वजनिक गरेको छ। मष्तिष्कघातका कारण गत आइतबार माघ १८ गते सिटाैलाकाे असामयिक निधन भएकाे थियाे।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सिटौलाप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै बुधबार उक्त भिडियो सार्वजनिक गरिएको हो।

भिडियोमा विवाहका लागि केटा र केटीको चिना हेराउने प्रचलनलाई देखाइएको छ। दृश्यमा एक प्रेमिल जोडीको चिना देखाइन्छ। केटीसँग चिना नमिलेपछि ज्योतिषले परिवारलाई विवाह नगर्न सुझाएका छन्। पारिवारले अर्को केटी खोजेको र केटाले अस्वीकार गरेको देखाइएको छ।

भिडियोमा अभिनेत्री लक्ष्मी गिरीकाे एक संवाद छ, ‘श्रीमान भन्नुहुन्थ्यो- समय निर्दयी छ, कसैलाई कुर्दैन। केके भयो केके।’ सायद यो संवाद उनै स्व. पत्रकार सिटौलाको जीवनसँग संयोग हुन पुग्यो। सिटौला यो फिल्मको मिडिया संयोजक थिए।

फिल्म आगामी फागुन १ गते देशभर प्रदर्शन हुँदैछ। यसअघि फिल्मको टिजर सार्वजनिक भइसकेको छ।

सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसीलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक सिंह स्वयंको लेखन रहेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। फिल्म रेञ्जको ब्यानरमा बनेको फिल्मका निर्माता रुबी सेन सिंह हुन्।

सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेको फिल्ममा मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँको मनोरम दृश्य कैद गरिएको छ।

प्रकाशित: २१ माघ २०८२ १७:३५ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast