उपसभामुख रानाको पहिलो निर्णय : महिला सदस्यसँग अन्तरक्रिया कार्यक्रम गर्ने

हिमाल प्रेस १० माघ २०७९ ७:२८ | Tuesday, January 24, 2023
उपसभामुख रानाको पहिलो निर्णय : महिला सदस्यसँग अन्तरक्रिया कार्यक्रम गर्ने फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले ‘संघीय संसद्को प्रभावकारितामा महिला सदस्यहरूको भूमिका विषयमा महिला सदस्यहरूको अन्तरक्रिया कार्यक्रम गर्ने’ पहिलो निर्णय गरेकी छन्।

प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएपछि शपथ लिएर संघीय संसद् सचिवालयमा पदबहाली गर्दै रानाले उक्त निर्णय गरेकी हुन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

प्रकाशित: १० माघ २०७९ ७:२८ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast