गोरखामा निर्वाचन अवस्था बुझ्दै अर्थमन्त्री

हिमाल प्रेस २१ माघ २०८२ ११:५१ | Wednesday, February 4, 2026
10
SHARES
गोरखामा निर्वाचन अवस्था बुझ्दै अर्थमन्त्री

गोरखा- गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन्।

मंगलबार उनीहरूले जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा अध्ययन, अनुगमन, भ्रमण तथा छलफल गरेका हुन्।

अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी वस्तुगत अध्ययन तथा छलफल गरे।

सो क्रममा ती दुवै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरणहरू पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए।

‘उहाँले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढंगले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो’, कोइरालाले भने।

प्रकाशित: २१ माघ २०८२ ११:५१ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast