सियाले खोलामा झोलुंगे पुल निर्माण हुने

हिमाल प्रेस १० माघ २०७९ ७:१० | Tuesday, January 24, 2023
सियाले खोलामा झोलुंगे पुल निर्माण हुने

सिन्धुपाल्चोक- सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुंगे पुल बन्ने भएको छ। पुल नहुँदा वर्षात्‌का समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदै आएको थियो।

सुनकोसी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रममार्फत् उक्त खोलामाथि ‘स्टिल बिज्र’ निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन्।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले सोमबार शिलान्यास गर्दै चालू आर्थिक वर्षभित्रै झोलुङ्गे पुलको निर्माण सम्पन्न हुने जानकारी दिए।

सुनकोसी–३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने सो पुल ९६ मिटर लामो हुने सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए।

५६ लाख ७८ हजार एक सय ३७ रुपैयाँ लागतमा निर्माण हुने झोलुंगे पुलका लागि आवश्यक पर्ने ‘स्टिल पार्टस्’को १५ लाख ४७ हजार चार सय ८५ मा ठेक्का सम्झौता भएको छ।

अन्य निर्माण भने उपभोक्ता समितिमार्फत् हुने गाउँपालिकाका इञ्जीनियर बद्री भुजेलले जानकारी दिए।

प्रकाशित: १० माघ २०७९ ७:१० | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast