निर्वाचनमा कुन सुरक्षाकर्मी कुन घेरामा हुन्छन्?

हिमाल प्रेस २१ माघ २०८२ ११:०१ | Wednesday, February 4, 2026
8
SHARES
निर्वाचनमा कुन सुरक्षाकर्मी कुन घेरामा हुन्छन्?

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि नेपाली सेना फिल्डमा खटिँदैछ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार चारवटै सुरक्षा निकाय एकैसाथ परिचालन हुन लागेका हुन्।

नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग निर्वाचन सुरक्षामा सक्रिय हुनेछन्। सेनाले बाहिरी सुरक्षा घेराको जिम्मेवारी सम्हाल्नेछ भने नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री सुरक्षा गर्नेछन्। सशस्त्र प्रहरीले दोस्रो घेराको सुरक्षा सम्हाल्नेछ।

एक महिना अघिबाटै सुरक्षा व्यवस्था कडा बनाउने योजनाअनुसार नेपाली सेना १६५ वटै निर्वाचन क्षेत्रमा परिचालित हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि करिब ८० हजार सैनिक परिचालन गर्ने तयारी सेनाको छ।

मतपत्र छपाइदेखि मतगणनासम्मको सुरक्षा, संवेदनशील संरचना र आवश्यक स्थानमा संयुक्त गस्ती सेनाको प्रमुख जिम्मेवारी रहनेछ। मतदानका दिन सेना तेस्रो घेरामा रही दल, उम्मेदवार, मतदाता र कर्मचारीको सुरक्षामा खटिनेछ।

निर्वाचन आयोगका अनुसार यसपटक ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने देशभर १० हजार ९६७ मतदानस्थल तोकिएका छन्। सुरक्षा निकायहरूले मतदानस्थलको संवेदनशीलता अनुसार सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएका छन्।

प्रकाशित: २१ माघ २०८२ ११:०१ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast