ललितपुरबाट पेस्तोलसहित तीन जना पक्राउ

हिमाल प्रेस २० माघ २०८२ २१:०८ | Tuesday, February 3, 2026
4
SHARES
ललितपुरबाट पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ- सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई मंगलबार नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन तामाङ, रौतहट चन्द्रनिगाहपुर नगरपालिका घर भई ललितपुर बस्ने २२ वर्षीय सुशील स्याङ्तान र सुनसरी धरान उपमहानगरपालिका घर भएका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरूलाई पेस्तोलसहित थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको  सशस्त्र प्रहरी बलका
सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २० माघ २०८२ २१:०८ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast