काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज (मंगलबार) नेप्से परिसूचक १२ दशमलव ५८ अंकले घटेर दुई हजार ६८३ दशमलव १५ बिन्दु कायम भएको छ।
मंगलबार ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक खरिदबिक्री हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रूपैयाँ बराबरको कारोबार भएको छ। होटल तथा पर्यटन समूह एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७ र म्युचुअल फन्ड एक प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ शून्य दशमलव ६३, विकास बैंक शून्य दशमलव ६१, वित्त एक दशमलव ०९, जलविद्युत् शून्य दशमलव ९७, लगानी शून्य दशमलव ५१, जीवन बीमा शून्य दशमलव ३८ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले घटेको छ। त्यस्तै निर्जीवन बीमा शून्य दशमलव ३५, व्यापार शून्य दशमलव ४६ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले घटेको छ।
कालीञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा आज (मंगलबार) सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य चार दशमलव ६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको ५९ करोड २९ लाख आठ हजार ४११ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको १२ लाख ५८ हजार १७७ बराबरको कारोबार भएको छ। रासस



