काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो? भनी आयोगले स्पष्टीकरण सोधेको हो। शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो। यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सन्जालमा लेखेको कारण स्पष्टीकरण सोधिएको थियो।
प्रकाशित: २० माघ २०८२ ७:५९ | Tuesday, February 3, 2026
प्रतिक्रिया



