ट्याक्टर अनियन्त्रित भएर पुलबाट खस्दा महिलाको मृत्यु, ११ घाइते

हिमाल प्रेस २० माघ २०८२ ६:४१ | Tuesday, February 3, 2026
4
SHARES
ट्याक्टर अनियन्त्रित भएर पुलबाट खस्दा महिलाको मृत्यु, ११ घाइते

काठमाडौँ- झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार साँझ गौरादह नगरपालिका–४ स्थित रामचन्द्रे खोलाको पुलमा गौरादहबाट स्कुलचतर्फ जाँदै गरेको प्र।१–०१–००१ त ९७२० नम्बरको ट्याक्टर अनियन्त्रित भई पुलबाट तल खसेको हो।

​दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा दमकस्थित निम्स अस्पतालमा मृत्यु भएको हो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

​दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। घाइतेमध्ये रतुवामाई–८ की ५० वर्षीया मुनीमती सतारको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा रतुवामाईका सन्तोषी किस्कु, एतोबार मुर्मु, बिनिता मर्डी, सरिता मर्डी, ३ वर्षीय बालक गंगाराम मर्डी, ८ वर्षीया मेलिना मर्डी र २६ वर्षीया मिना मर्डी रहेका छन्। मोरङकै सुनबर्षी नगरपालिका–२ की ३० वर्षीया शिला मर्डी, झापा शिवसताक्षी–९ का १७ वर्षीय बिजय वास्की र १२ वर्षीया सम्झना मर्डी छन्।

उनीहरू सबैको निम्स अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ​घटनालगत्तै प्रहरी चौकी महारानीझोडा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ट्याक्टर चालक मोरङ रतुवामाई–५ का २५ वर्षीय चमलाल मुर्मुलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाग्रस्त ट्याक्टर अझै घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: २० माघ २०८२ ६:४१ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast