कजारियाद्वारा बनेपामा नयाँ शोरुम सञ्चालन

हिमाल प्रेस १८ माघ २०८२ २०:५० | Sunday, February 1, 2026
2
SHARE
कजारियाद्वारा बनेपामा नयाँ शोरुम सञ्चालन

काठमाडौँ- प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले मध्य नेपालमा आफ्नो बजार उपस्थिति थप सुदृढ पार्दै बनेपामा नयाँ शोरुम उद्घाटन गरेको छ।

मानुश्री हार्डवेयर एन्ड स्यानिटरीद्वारा सञ्चालित उक्त शोरुमले बनेपा तथा आसपासका क्षेत्रका ग्राहकहरुलाई लक्षित गरी गुणस्तरीय टायलका आधुनिक तथा आकर्षक विकल्प उपलब्ध गराउने उद्देश्य लिएको छ।

उद्घाटन समारोहमा उद्योग क्षेत्रका प्रतिनिधि, व्यवसायी तथा स्थानीय ग्राहकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

बनेपामा सञ्चालनमा ल्याइएको यो शोरुममा कजारियाका प्रिमियम टायल संग्रहहरुको आकर्षक तथा व्यवस्थित प्रदर्शन गरिएको छ। शोरुममार्फत ग्राहकहरुले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त डिजाइनहरु आधुनिक तथा ग्राहकमैत्री वातावरण अवलोकन र छनोट गर्न सक्ने व्यवस्था गरिएको छ।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड कायम गरिसकेको छ। अत्याधुनिक प्रविधियुक्त उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर अनुरुप तीन हजारभन्दा बढी डिजाइन विकल्पहरु उत्पादन गर्दै आएको छ।

हाल कजारियाले नेपालभर सयभन्दा बढी शोरुम विस्तार गरिसकेको कम्पनीले जनाएको छ।

प्रकाशित: १८ माघ २०८२ २०:५० | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast