कांग्रेसका उम्मेदवार राठौरलाई वन्यजन्तु-मानवबीचको द्वन्द्व व्यवस्थापन गर्न सुझाव

हिमाल प्रेस १८ माघ २०८२ १४:५२
10
SHARES
कांग्रेसका उम्मेदवार राठौरलाई वन्यजन्तु-मानवबीचको द्वन्द्व व्यवस्थापन गर्न सुझाव

काठमाडौँ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु-मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्।

मतदातासँगको अन्तर्क्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जंगली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु-मानव द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका हुन्।

बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले असुरक्षित महसुस गरेकाले कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार राठौरसँग विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गरिएको ठाकुरबाबा नगरपालिका-३ का कमानसिंह साउदले बताए।

अन्तर्क्रियामा नेता राठौरले पछिल्लो समय मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाएको उनले निजी सचिवालयले जनाएको छ।

प्रकाशित: १८ माघ २०८२ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast