पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

हिमाल प्रेस १७ माघ २०८२ २०:२१ | Saturday, January 31, 2026
8
SHARES
पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया जनाउँदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतंकवादी मारिएको सुरक्षा स्रोतहरूले बताएको छ।

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जनभन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ।

सुरक्षा प्रतिष्ठान र सरकारी लक्ष्यलाई लक्षित गरी आक्रमण गरिएको स्रोतहरूले बताएका छन्।

पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कप्र्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतंकवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएको छ।

अधिकारीहरूका अनुसार झडपमा धेरै सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्।

सुरक्षा स्रोतका अनुसार विगत ४८ घण्टामा यस क्षेत्रमा कुल ८८ जना आतंककारी मारिएका छन्।

बाँकी रहेका आतंककारीहरूलाई हटाउन र पूर्ण सुरक्षा पुनःस्थापना गर्न प्रभावित क्षेत्रमा सरसफाइ अभियान जारी रहेको स्रोतहरूले जनाएको छन्।-रासस/सिन्ह्वा

प्रकाशित: १७ माघ २०८२ २०:२१ | Saturday, January 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast