रितिका बनिन् मिस एयर होस्टेस

हिमाल प्रेस १७ माघ २०८२ १८:४१
रितिका बनिन् मिस एयर होस्टेस

काठमाडौँ– मिस एयर होस्टेस इन्टरनेसनल सिजन-३ को उपाधि रितिका सुनारले हात पारेकी छन्। नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी (नाट)ले काठमाडौँमा आयोजना गरेको प्रतियोगितामा सुनारले उपाधि जित्न सफल भएकी हुन्।

विजेता सुनारलाई उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारीको अवसर प्रदान गरिएको छ। उनलाई उक्त अवसरको औपचारिक घोषणा तथा नियुक्तिपत्र यती एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत सन्त प्रजापतिले प्रदान गरेका थिए। रितिका सुनार यस सिजनकी विजेता घोषित हुँदै मोस्ट ट्यालेन्ट उपाधि पनि जित्न सफल भइन्।

प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित हुँदै सर्वोत्कृष्ट व्यक्तित्व उपाधि प्राप्त गर्न सफल भइन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार तथा सर्वोत्कृष्ट क्याटवाक उपाधि जित्न सफल भइन्।

त्यसैगरी रितु चौधरीले सर्वाधिक लोकप्रिय तथा मल्टिमिडिया छनोट पुरस्कार दुवै उपाधि जितिन्। सुजाता जमकटेलले सर्वोत्कृष्ट शारीरिक बनावट र परिमा गुरुङ ले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि प्राप्त गरिन्।
कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर लभिन अन्सारीद्वारा केबिन क्रु पेसासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।

नाटका प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डेले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताउँदै सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार व्यक्त गरे।

प्रकाशित: १७ माघ २०८२ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast