एनआरएनएको निर्वाचन विधानअनुसार नै गर्न परराष्ट्र मन्त्रालयको निर्देशन

हिमाल प्रेस १६ माघ २०८२ १५:२१
2
SHARE
एनआरएनएको निर्वाचन विधानअनुसार नै गर्न परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौँ- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ ९एनआरएनए०लाई आगामी फागुन ३० देखि चैत २ गतेसम्म हुने निर्वाचन संस्थाको विधानअनुसार सम्पन्न गर्न निर्देशन दिएको छ।

एनआरएनएको निर्वाचन मोडालिटीबारे छलफल गर्न बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले विधानमै स्पष्ट लेखिएकोले सोहीअनुसार निर्वाचनमा जान निर्देशन दिएका हुन्।

‘एनआरएनए चलाइरहेका छौँ भने यसको विधान र प्रक्रिया मान्नैपर्छ। मान्न सकिँदैन भने आलोचना गर्नुपर्छ, तर आलोचना पनि विधि र मर्यादाभित्र हुनुपर्छ। यही सामान्य बुझाइ हो,’ उनले भने, ‘अनलाइन मतदान किन गरियोरु प्रत्यक्ष सहभागिता किन आवश्यक भयोरु भन्ने विषय विधान बनाउने बेलामै स्पष्ट गरिएको रहेछ। अब एकताको खोजीमा विभाजन भयो भने त्यसलाई पनि नियमभित्रै समाधान गर्नुपर्छ।’

मन्त्री शर्माले आफू व्यक्तिगतरूपमा भौतिक उपस्थितिमै निर्वाचन होस् भन्ने चाहना राखे पनि विदेशमा रहेका नेपालीलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनुपर्ने वैधानिक व्यवस्था रहेकाले सोही अनुसार गर्नुपर्ने उल्लेख गरे।

‘तपाईँहरूको विधानमै महाधिवेशन तथा साधारण सभा अनलाइन अथवा भौतिक रूपमा उपस्थित भई गर्न सकिनेछ, भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूको लागि अनलाइनमार्फत साधारण सभामा भाग लिन र निर्वाचनमा मतदानको व्यवस्था गर्नुपर्नेछ भनेर स्पष्ट उल्लेख गरिएको रहेछ,’ उनले भने, ‘त्यसैले अहिलेको लागि त्यो नियम भनेको त्यही हो, जसअनुसार सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा १० बुँदे सहमति गरिएको छ र सहमतिमा त्यही विधानअनुसार गर्ने भनिएको छ। यसर्थ परराष्ट्र मन्त्रालयको भूमिका भनेको सहजीकरण गर्नु मात्र हो, र त्यो काम मन्त्रालयले गरिरहेको छ।’

लोकतान्त्रिक प्रक्रिया नमान्नु भनेको आफ्नै असफलता प्रदर्शन गर्नु सरह हुने उनको भनाइ थियो। ‘दुवै पक्षले हार–हारको अवस्थाबाट अघि बढ्नुस्, कुनै पनि इगो नराखी म वा मेरोभन्दा पनि अहिले संघको हितको लागि जित–हारको दृष्टिले होइन, भविष्यको दृष्टिले सोचौँ,’ मन्त्री शर्माले भने।

मन्त्री शर्माले एनआरएनएको १२औँ महाधिवेशन सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

परराष्ट्र सचिव अमृतबहादुर राईले देशको सेवा गर्न पद आवश्यक नपर्ने बताउँदै त्याग र समर्पण नै राष्ट्रसेवाको मूल आधार भएको बताएका छन्।

उनले संस्थागत सफलताका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनले आगामी १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सफल बनाउन सबै गैरआवासीय नेपालीलाई नेपाल आएर सक्रिय सहभागिता जनाउन पनि आग्रह गरे।

उक्त संयुक्त बैठकमा गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पदाधिकारी तथा सल्लाहकारहरूको सहभागिता थियो।

प्रकाशित: १६ माघ २०८२ १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast