आजदेखि हलमा नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’ प्रदर्शन

हिमाल प्रेस १६ माघ २०८२ ११:१९ | Friday, January 30, 2026
10
SHARES
आजदेखि हलमा नेपाली फिल्म ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’ प्रदर्शन

काठमाडौँ- सहिद दिवसको अवसरमा माघ १६ हलमा दुई नेपाली फिल्म प्रदर्शन भएको छ। फिल्म ‘आ बाट आमा’ र ‘द ब्ल्यू लाइट’ आजदेखि हलमा लागेको हो।

फिल्ममा प्रदीप रावत, विपना थापा, पल शाह, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रवीन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, बाल कलाकार समाइरा थापा र शान अधिकारीले अभिनय गरेका छन्। आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक चन्द्र पन्त हुन्।

त्यस्तै, अर्को फिल्म ‘द ब्ल्यू लाइट’ बलिराम चौहानको निर्देशन बनेको फिल्म हो। साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्ममा बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी, सुरक्षा इटानी, बाल कलाकार ग्रिस्मा कटुवाल र सहारा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १६ माघ २०८२ ११:१९ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast