काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुनचाँदीको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ६५ कायम भएको छ।
बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु सात हजार ५०५ कायम भएको थियो।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मूल्य रु सात हजार ३०० कायम भएको थियो।
यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख ९ हजार ३०० त्यति नै चाँदीको मूल्य रु ६ हजार ८७० कायम भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



