विनोद चौधरीले आफ्नो क्षेत्रका मतदातासँग मागे योजना र सुझाव

हिमाल प्रेस १६ माघ २०८२ १०:५४
12
SHARES
विनोद चौधरीले आफ्नो क्षेत्रका मतदातासँग मागे योजना र सुझाव

काठमाडौँ- नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन्। त्यसका लागि आफ्नो क्षेत्रका मतदातासँग सुझाव मागेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या संकलन गर्ने उद्देश्यले आम मतदातासँग सल्लाह, सुझाव र योजना माग गरेको बताएका छन्।

यसका लागि उनले आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गरेका छन्। यो अभियानले राजनीतिमा जनताको भूमिकालाई केवल मतदानमा मात्र सीमित नगरी नीति निर्माणको तहसम्म पुर्‍याउने उनको अपेक्षा छ।

प्रतिष्ठित उद्यमी चौधरीले लेखेका छन्, ‘तपाईंको भोटले ‘सरकार’ बनाउँछ, तर तपाईंको सुझावले ‘समाज’ बनाउँछ। हाम्रो टोल र गाउँको समस्या तपाईं हामीलाई नै थाहा हुन्छ। त्यसैले, समाधानको बाटो पनि तपाईं हामीले नै कोर्नुपर्छ। एक जनप्रतिनिधिको अनुभवको नाताले मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सहि व्यवस्थापन र सबैको सहकार्यको आवश्यकता पर्दछ। त्यसैले, चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु। हामी केवल ‘घोषणापत्र’ होइन, नवलपरासी (ब.सु.प.) – १ को विकासको ‘साझा संकल्पपत्र’ लेख्न चाहन्छौं।’

नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् ।चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए।

प्रकाशित: १६ माघ २०८२ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast