सहिदलाई सम्झिँदै प्रधानमन्त्री कार्कीले भनिन्- अब कुनै आमाको काख नरित्तियोस्

हिमाल प्रेस १६ माघ २०८२ ९:१५
12
SHARES
सहिदलाई सम्झिँदै प्रधानमन्त्री कार्कीले भनिन्- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।

सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

सन्देशमा भनिएको छ,‘उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ,अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूलाई पनि नमन।’

प्रधानमन्त्री कार्कीले सन्देशमा शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको स्मरणमा सदा रहनुपर्ने बताएकी छन्।

प्रकाशित: १६ माघ २०८२ ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast