काठमाडौँ- खराब मौसमका कारण पाँच विमानस्थल बन्द भएका छन्। मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने बिहान तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।
प्रकाशित: १५ माघ २०८२ १०:४७
प्रतिक्रिया



