तनहुँमा निर्वाचनका लागि तैनाथ हुँदैछ २ हजार कर्मचारी र २२ सय सुरक्षाकर्मी

हिमाल प्रेस १५ माघ २०८२ ७:१५
10
SHARES
तनहुँमा निर्वाचनका लागि तैनाथ हुँदैछ २ हजार कर्मचारी र २२ सय सुरक्षाकर्मी

तनहुँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ । निर्वाचनमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता छन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदात छन् । जिल्लामा १४४ मतदानस्थल र ३०९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: १५ माघ २०८२ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast