सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई सोधियो स्पष्टीकरण

हिमाल प्रेस १४ माघ २०८२ १९:४७ | Wednesday, January 28, 2026
62
SHARES
सीके राउतदेखि खगेन्द्र सुनारसम्मलाई सोधियो स्पष्टीकरण

काठमाडौँ- जनमत पार्टी अध्यक्ष सीके राउतलाई निर्वाचन आयोगले आज (बुधबार) स्पष्टीकरण सोधेको छ।

सप्तरी २ बाट उम्मेदवार रहेका राउतले सार्वजनिक स्थान (चौबाटो) मा निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

त्यस्तै रास्वपाबाट बाँके ३ मा उम्मेदवार बनेका खगेन्द्र सुनारलाई पनि स्पष्टीकरण सोधिएको छ। आयोगका अनुसार राष्ट्रिय जनावर गाईका विषयमा साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको विषयमा उजुरी परेपछि स्पष्टीकरण सोधिएको हो।

गतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौँ ५ को उम्मेदवार बनेकी निशा अधिकारीलाई सहयोग अभियान सञ्चालन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको छ। आयोगका अनुसार उनीविरुद्ध अष्ट्रेलियामा रहेका स्वयंसेवक आवेदन फाराम पठाइ क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने व्यहोराको विवरण पठाएको उजुरी परेको थियो।

आयोगले उम्मेदवारका लागि सामाजिक सञ्जालबाट मत माग्ने शिक्षकलाई पनि स्पष्टीकरण सोधेको छ। देउती आधारभूत विद्यालय दैलेखका शिक्षक देवीराम आचार्यलाई स्पष्टीकरण सोधिएको छ।

त्यस्तै आचारसंहिता लागू भइसकेपछि औतारी धर्मगुरु रिन्पोचेलाई बर्खास्त गर्न लागिएको भन्ने उजुरीका आधारमा गुठी संस्थानलाई र करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी गरेको भन्ने विषयमा उजुरीका आधारमा पूर्वाञ्चल विश्वविद्यालयलाई पनि स्पष्टीकरण सोधिएको छ।

सबैलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।

प्रकाशित: १४ माघ २०८२ १९:४७ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast