काठमाडौँ- गायक भुवन सापकोटाको नयाँ गीत ‘दागबत्ती’ सार्वजनिक भएको छ।
गीतमा लय, शब्द र संगीत गायक सापकोटाकै छ। वैदेशिक रोजगारीका परदेशिएका नेपालीले विदेशमा भोग्नुपर्ने पीडा गीतमा देखाइएको छ। मृत्य भएका नेपाली बाकसमा फर्किनुपर्ने दर्दनाक कथालाई गीतले समेटेको छ।
गीतको भिडियोमा जनिफर क्षत्री, रिदम सुवाल, सुजित रञ्जितकार, दिनेश जी, अविनालगायत देखिएका छन्।
विश्व अधिकारीले संयोजन गरेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको छ। गीतलाई किरण श्रेष्ठले सम्पादन तथा निर्देशन गरेका छन्।
प्रकाशित: ९ माघ २०७९ १३:१४ | Monday, January 23, 2023
प्रतिक्रिया





