‘द ब्ल्यू लाइट’ मा बेनिशा, सृष्टि र अर्पणकाे भूमिका कस्तो छ?

हिमाल प्रेस १४ माघ २०८२ १५:२६
12
SHARES
‘द ब्ल्यू लाइट’ मा बेनिशा, सृष्टि र अर्पणकाे भूमिका कस्तो छ?

काठमाडौँ- फिल्म ‘द ब्ल्यू लाइट’ माघ १६ देखि देशभरका हलमा प्रदर्शन हुँदैछ। फिल्म मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको निर्माण टिमले बताउँदै आएकाे छ।

फिल्ममा पनि बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जाेशीजस्ता चर्चित कलाकारहरूले अभिनय गरेका छन्।

बेनिशा यो फिल्मले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताउँछिन्। ‘अहिले हामीले हेरिरहेको फिल्मभन्दा केही फरक छ,’ बेनिशाले भनिन्, ‘त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।’

फिल्मको कथा र प्रस्तुतीकरण मन परेर आफू जोडिएको उनले बताइन्। अभिनयमा मात्र होइन् यसमा उनले निर्माणमा पनि सहकार्य गरेकी छन्। उनी ‘द ब्ल्यू लाइट’ को कार्यकारी निर्माता पनि हुन्।

अभिनेत्री सृष्टि श्रेष्ठ भने यस फिल्ममा नकारात्मक भूमिकामा देखिएकी छन्। अन्य फिल्ममा भन्दा यसमा आफूले फरक भूमिका पाएको अभिनेत्री श्रेष्ठले बताइन्। ‘यो फिल्ममा मेरो भूमिका अलि ‘एन्टागोनिस्ट’ (खलपात्र) प्रकृतिको छ। मलाई यस्तै थ्रिलर जनराकाे फिल्महरूमा रुचाइएको छ, तर ‘द ब्ल्यू लाइट’ को भूमिका र कथा एकदमै गहिरो र फरक छ,’ उनले भनिन्।  सकारात्मक भूमिकामा भन्दा नकारात्मक चरित्रमा काम गर्दा जटिल हुने उनले सुनाइन्।

कलाकार अपर्ण थापाले पनि अन्य फिल्ममा भन्दा फरक भूमिका गरेको बताए। तर पात्र खुलाउन चाहेनन्। आफू सधैँ फरक र चुनौतीपूर्ण चरित्रको खोजीमा रहने भएकोले त्यसको भोक द ब्ल्यू लाइटले मेटाएको उनको भनाइ छ।

उनले फिल्मको मेकिङ पक्ष बलियो बनेको बताए। साथै ‘द ब्ल्यू लाइट’ जस्तो फिल्म कमै बन्ने जिकिरसमेत गरे। ‘फिल्म त धेरै बन्छन् तर द ब्ल्यू लाइट जस्तो फिल्म हम्मेसी बन्दैन। फिल्म मनोविज्ञानले दर्शक पक्कै पनि सोच्न बाध्य हुनेछन्।’

फिल्ममा अन्य कलाकार सुरक्षा इटानी, ग्रिस्मा कटुवाल, सहारा शर्मालगायत छन्। फिलमका निर्देशक बलिराम चौहान हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्म नरेन्द्र मैनालीको छायांकन, आकाश उखेडा मुख्य सहायक निर्देशनमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast