काठमाडौँ- भारतका चर्चित गायक अरिजित सिंहले अब फिल्मी गीत नगाउने भएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आगामी दिनमा कुनै फिल्मी गीत नगाउने घोषणा गरेका हुन्।
उनले लेखेका छन्,‘म अब प्ले ब्याक गायकको रुपमा कुनै नयाँ असाइनमेन्ट लिने छैन। म यो यात्रा समाप्त गर्दैछु।’
नयाँ वर्ष सन् २०२६ को शुभकामना दिँदै उनले आफ्नो गीतलाई माया गर्ने सबै दर्शक र श्रोतालाई धन्यवाद पनि दिएका छन्।
प्रकाशित: १४ माघ २०८२ १२:५७ | Wednesday, January 28, 2026
प्रतिक्रिया




