लेखराज भट्टले गरे लोकमार्ग र विश्वविद्यालय सुदूरपश्चिममा भित्र्याएको दाबी

हिमाल प्रेस १४ माघ २०८२ ९:१२ | Wednesday, January 28, 2026
10
SHARES
लेखराज भट्टले गरे लोकमार्ग र विश्वविद्यालय सुदूरपश्चिममा भित्र्याएको दाबी

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर ४ का जेनजी युवालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमका अधुरा ठूला योजना पूरा गर्न आफूलाई जिताउनु पर्ने बताएका हुन्।

उपमहासचिव भट्टले टुरिस्ट उम्मेदवार निर्वाचित भए संसदमा कुरा समेत नउठाउने भएकाले आफूलाई जिताउन जेनजी युवाहरू लाग्नुपर्ने बताए।

उनले भने,’मैले सेती लोकमार्ग, महाकाली लोकमार्ग, खुटिया दिपायल द्रुतमार्ग, सुदूरपश्चिम विश्वविद्यालयको निर्णय गराएको हो। म धेरै चर्चा नगर्ने भएकाले यसले के गरेको होला भनेर चर्चा भइरहेको छ। त्यसपछि बयलपाटा अस्पताल अछाममा बनाउने निर्णय गराए।  म वाणिज्य आपूर्तिमन्त्री भएपछि सुख्खा बन्दरगाह दोधार चाँदनीमा बनाउने निर्णय गराए, आज बन्दै छ। मैरै पहलमा धनगढी–अत्तरिया औद्योगिक कोरिडोरको डीपीआर भइसकेको छ। गेटा मेडिकल कलेजको जग बसाउने, निर्णय गराउने अन्तिमसम्म विश्वविद्यालय नहुन्जेल नछोड्ने भन्ने म हो। यस्तै हरैया विशेष आर्थिक क्षेत्र, दैजी औद्योगिक क्षेत्र शिलान्यास गराइएको छ। मुडेधारी औद्योगिक क्षेत्र अगाडि बढाउनेछौँ।’

उपमहासचिव भट्टले जेनजीलाई सबैभन्दा बढी एमालेले समेटेको समेत बताए। उनले भने, ‘युवा विचारले हुन्छ। उमेरले युवा हुने विषय एउटा भयो। तर वैचारिक रूपमा वृद्ध जस्तो हुनुभयो भने युवापनले काम गर्दैन। चिन्तन, सोच नै युवा हो। तपाईसँग भएको ज्ञान मैले समात्न सक्छु, त्यसैले म पनि युवा भएँ। अहिलेको गतिलाई समात्न सक्नु भएन भने तपाई पनि युवा होइन।’

उपमहासचिव भट्टले युवाहरूले राखेका माग सही रहेको भन्दै  त्यही काम पार्टीले पनि गरिरहेको बताए।

प्रकाशित: १४ माघ २०८२ ९:१२ | Wednesday, January 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast