सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

हिमाल प्रेस ९ माघ २०७९ १०:३५ | Monday, January 23, 2023
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटर्वार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटर्वार्तामा उनीहरूबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
रावल विश्वासको मत जुटाउन काठमाडौँमा दौडधुप गरिरहेका छन्। उनले यसअघि बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासको मतबारे छलफल गरेका थिए।

माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडान सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिएपछि मुख्यमन्त्री रावल सरकार ढल्ने चिन्तामा छन्।

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा एक अर्काबीच बधाई तथा शुभकामना अदान प्रदानसमेत भएको थियो।
रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए।

प्रकाशित: ९ माघ २०७९ १०:३५ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast