माओवादी नेता गुण्डु पुगेर एमाले प्रवेश

हिमाल प्रेस १३ माघ २०८२ ८:०२ | Tuesday, January 27, 2026
माओवादी नेता गुण्डु पुगेर एमाले प्रवेश

भक्तपुर- नेकपा माओवादी केन्द्रका तत्कालीन काठमाडौँ महानगर कमिटीका अध्यक्ष राजेश लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले उनलाई पार्टी प्रवेश गराएका हुन्।

पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर लामासहित तत्कालीन माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विष्णु जोशी समेत पार्टी प्रवेश गरेका छन्। राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए। कमिटीका अध्यक्ष लामासँगै जोशीलाई समेत अध्यक्ष ओलीले पार्टी प्रवेश गराए।

प्रकाशित: १३ माघ २०८२ ८:०२ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast