रवि र बालेन भेटेपछि रास्वपा भित्रिए प्रकाश सपुत

हिमाल प्रेस १३ माघ २०८२ ७:२५ | Tuesday, January 27, 2026
8
SHARES
रवि र बालेन भेटेपछि रास्वपा भित्रिए प्रकाश सपुत

काठमाडौँ- गायक प्रकाश सपुतले औपचारिकरूपमा आफू राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा अघि बढेको घोषणा गरेका छन्। सोमबार सामाजिक सञ्जालमा उनले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेनसँगको फोटो सेयर गर्दै यसबारे जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै, कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धतासहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुनेरसहयोग गर्ने निधो गरेको छु ।’

रास्वपा प्रवेशलाई आफूले जीवनको कठोर निर्णयको रुपमा उल्लेख गरेका छन्।

‘मैले बडो दुःख, संघर्ष, मिहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जनामार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थुप्रै दर्शक श्रोताको मन दुखाएर तपाईहरूसँग हातेमालो गर्दैछु। पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ’ उहाँले भन्नुभएको छ, ‘कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।’

रास्वपाले प्रकाशलाई २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ । भर्खरै मेला महोत्सवमा सांगीतिक टूर टुंग्याएर प्रकाश चुनाव प्रचारप्रसारमा जुटेका छन्।

प्रकाशित: १३ माघ २०८२ ७:२५ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast