काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस छ।
हिजो (सोमबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे थोरै घटेर ३.५ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: १३ माघ २०८२ ६:३९
प्रतिक्रिया



