‘रमिताको पिरती’ मा ब्रेकअपको कथा

हिमाल प्रेस १२ माघ २०८२ १३:३२ | Monday, January 26, 2026
18
SHARES
‘रमिताको पिरती’ मा ब्रेकअपको कथा

काठमाडौँ- सुदिप्ताको डेब्यु निर्देशकीय फिल्म ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा प्रेमपछिकाे ब्रेकअपको कथा प्रस्तुत गरिएको छ। फिल्मलाई लभस्टोरी भन्दा पनि ब्रेकअप स्टोरीको रुपमा दर्शकमाझ परिचित गराउन चाहेको निर्देशक सुदिप्ताले बताइन्।

आफूले महिलाको पक्षबाट ब्रेकअप कथा ल्याएको उनले सुनाइन्। ‘एउटा केटी जसको ब्रेकअप पश्चात कस्तो माइण्ड सेट हुन्छ। उसले के-के भोग्छ। त्यो कथालाई फरक रुपमा प्रस्तुत गरेकी छु,’ उनले भनिन्।

फिल्मको मुख्य भूमिकामा अभिनेत्री आना शर्मा छिन्। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनयमा डेब्यु गरेका छन्।

साथै फिल्ममा अभिनेता धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले ल्हामो, सुधन पाेखरेललगायत कलाकारले अभिनय गरेका छन्। सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता सागर लम्साल हुन्।

प्रकाशित: १२ माघ २०८२ १३:३२ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast