सर्लाही ४ जाँदै गगन

हिमाल प्रेस १२ माघ २०८२ ८:३३ | Monday, January 26, 2026
10
SHARES
सर्लाही ४ जाँदै गगन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ जाँदैछन्। यसअघि वारेसमार्फत मनोनयन गरेका उनले आजदेखि भौतिकरूपमा उपस्थित भएर नै चुनावी कार्यक्रम चलाउने भएका हुन्।

उनका सचिवालयका अनुसार आजदेखि थापाले घरदैलो कार्यक्रम सुरु गर्नेछन्। जनकपुरमा आमसभाको कार्यक्रम गर्ने योजना बनाए पनि निर्वाचन आचारसंहिताका कारण कार्यक्रम रद्द भएको छ। थापा यसपटक पहिलो चोटी फरक निर्वाचन क्षेत्रबाट लड्दैछन्।

३ पटकसम्म काठमाडौँ ४ बाट निर्वाचित भएका उनले यसपटक सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्।

प्रकाशित: १२ माघ २०८२ ८:३३ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast