कोशी र गण्डकीको केही स्थानमा हिमपात र वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

हिमाल प्रेस १२ माघ २०८२ ६:२५
8
SHARES
कोशी र गण्डकीको  केही स्थानमा हिमपात र वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।

दिउँसो देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

 

प्रकाशित: १२ माघ २०८२ ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast