काठमाडौँ- नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ। पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो।
सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ। दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ।
जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो। दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन्।
प्रकाशित: ९ माघ २०७९ ७:१६ | Monday, January 23, 2023
प्रतिक्रिया




